काठमाडौं । हिमालयन बैंक लिमिटेडले कान्ती वाल अस्पताललाई बीस लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सहितको प्रतिनिधिमण्डलले अस्पतालका अध्यक्ष र निर्देशकसँग भेटघाट गरी रु बीस लाखको सहयोग गर्ने प्रतिबद्धता सहित पत्र हस्तानतरण गरेका हुन् ।
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कान्ती वाल अस्पतालको अनुरोधलाई सहर्ष स्वीकार गरी अस्पतालको प्रवेशद्वार निर्माण र सौन्दर्यता वृद्धि गर्ने जस्ता महत्वूर्ण कार्यको लागि सो सहयोग गरेको अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमले बताए ।
अध्यक्ष डा. गौतमले बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंक व्यवस्थापनले दिएको योगदान प्रति उच्च मूल्यांकन र सम्मान व्यक्त गर्दै विशेष धन्यबाद दिए ।