चौधरी ग्रुप हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता, यसै वर्षदेखि उत्पादन सुरू हुँदै

दर्पण दैनिक ९ माघ २०८०,०८:२७
post

काठमाडौं । चौधरी ग्रुप भारतीय अटोमोबाइल ब्राण्ड हिरोको आधिकारिक बिक्रेता नियुक्त भएको छ । हिरो मोटोकर्पले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपलाई नियुक्त गरेको जनाएको हो । यो सँगै अब विगत तीन दशकदेखि बिक्रेताको रुपमा रहँदै आएको ज्योति समूहको हातबाट हिरोको व्यापार खोसिएको छ ।


ज्योति समूहले नेसनल जनरल मार्केटिङ (एनजीएम) मार्फत हिरोका मोटरसाइकल र स्कुटरहरू विगत तीन दशकदेखि नेपालमा बिक्रीवितरण गर्दै आएको थियो । अब नेपालमा हिरोका मोटरसाइकल र स्कुटरको बिक्री तथा आयात सीजी ग्रुपअन्तर्गतको सीजी मोटर्सले गर्ने छ ।

यस्तै, सीजी मोटर्सले पनि सोमबार विज्ञप्ति जारी गरी हिरोको आधिकारिक बिक्रेता बनेको स्पष्ट पारेको छ । हिरोले तीन दशक लामो यात्रा गरेको ज्योति समूहको एनजीएमसँग आधिकारिक बिक्रेता नवीकरण नगरीकन सीजी मोटर्सलाई नयाँ बिक्रेता तोकेको हो ।

सीजी मोटर्स र हिरो मोटोकर्पबीचको सम्झौतामा नेपालमै एसेम्बल गर्ने र त्यसका लागि हरित एसेम्बलिङ प्लान्ट (ग्रीनफिल्ड सुविधा) सेटअप गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै वार्षिक ७५ हजार युनिट उत्पादन क्षमताको प्लान्ट नवलपुरमा स्थापना गरिने घोषणा समेत विज्ञप्तिमार्फत गरिएको छ ।

उक्त प्लान्टबाट यसै वर्ष (सन् २०२४) देखि नै उत्पादन सुरू गर्ने समेत विज्ञप्तिमा जनाइएको छ । चौधरी ग्रुपले हिरोको बिक्रेता पाएसँगै अब नेपाली बजारमा विद्युती स्कुटर भिदा भित्र्याउने सम्झौता पनि भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: