
काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन अनिवार्य इजाजतपत्र (लाइसेन्स) को व्यवस्था लागू गरेको छ । मालपोत नियमावलीमा भएको आठौं संशोधन नेपाल राजपत्रमा प्रकाशित भएसँगै यो नियम कार्यान्वयनमा आएको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार, मालपोत ऐन, २०३४ को दफा २६ ख र मालपोत नियमावली, २०३६ को नियम २३ ञ बमोजिम घरजग्गासम्बन्धी कारोबार गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । निवेदनमाथि जाँचबुझ गरी उपयुक्त देखिएमा अधिकारीले इजाजतपत्र प्रदान गर्नेछन् ।
मालपोत ऐनमा करिब एक वर्ष अघि नै यस्तो व्यवस्था गरिएको भएपनि नियमावली संशोधनमार्फत् यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
यसरी इजाजत लिदा एकपटकमा पाँच करोड रूपैयाँसम्म कारोबार गर्ने व्यक्तिलाई पाँच लाख रूपैयाँ नविकरण दस्तुर र एकपटकमा पाँच करोड रूपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति दश लाख रूपैयाँ दस्तुर तोकिएको छ ।
यसरी लिइएको इजाजतको अवधि सकिनुभन्दा ३५ दिन अघि नै चार लाख देखि आठ लाख रूपैयाँ दस्तुर बुझाइ हाल्नुपर्नेछ ।
इजाजत लिँदा धरौटीको रूपमा व्यक्तिले ५० हजार रूपैयाँ र संस्थाले दुई लाख रूपैयाँ बैंक ग्यारेण्टी राख्नुपर्ने व्यवस्था समेत गरेको छ ।
कसैले इजाजतपत्र नलिई घरजग्गा सम्बन्धी करोबार गरे कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा २५ लाख रुपैयाँसम्म जरिबाना वा ५ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
इजाजतपत्रका लागि घरजग्गासम्बन्धी कारोबार गर्ने उद्देश्यले दर्ता भएको कम्पनी वा फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको हकमा कम्पनीको प्रबन्धपत्रको प्रतिलिपि, अद्यावधिक शेयर लगतको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी वा फर्मको पछिल्लो आर्थिक वर्षसम्मको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने नियमावलीमा जनाइएको छ ।
घरजग्गा कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्व सम्बन्धी झुटो विवरण प्रस्तुत गर्न बन्देज लगाइएको छ ।
त्यस्ता कम्पनीले इजाजतपत्र स्पष्ट रूपमा देखिने गरी कार्यालय वा कारोबार स्थलमा राख्नुपर्नेछ भने घरजग्गाको कारोबार सम्बन्धी अभिलेख राखी प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र विभागमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)

























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google