काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सार्वजनिक गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जी–९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी–१३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । रेड्मी–१३ को मिडियाटेक हेलियो जी–९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ ।
६ जिबी र्याम १२८ जिबी स्टोरेज र ८ जिबी ¥याम २५६ जिबी स्टोरेजसहित विकल्पमा रेड्मी १३ उपलब्ध हुने कम्पनीले जनाउको छ । रेड्म–१३ ६ जिबी+१२८ जिबी र ८ जिबी+२५६ जिबी भेरियन्टमका मुल्यहरू क्रमशः १८ हजार ९९९ र २१ हजार ९९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google