काठमाडाैं । बैंकहरू आज शनिबार पनि खुल्ने भएका छन् । चालु आर्थिक वर्षकाे अन्तिम शनिबार भएकाले नेपाल राष्ट्र बैंककाे परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले आज बिदाकाे दिन पनि सेवा दिने भएका हुन् । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको दुई शनिबार (असार २३ र ३० गते) सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए ।
गत शनिबार पनि बैंक तथा वित्तीय संस्था खुलेका थिए ।
चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएकाे थियाे ।
'बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नुपर्नेछ', राष्ट्र बैंकले अघिल्लाे शुक्रबार सूचना जारी गर्दै भनेकाे थियाे ।