
काठमाडौं । नेपाल हस्तकला महासंघले बागमती प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि सहयोग हुनुपर्ने माग राखेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) र विभागीय मन्त्रीहरुको सम्मानमा महासंघको कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट यस्तो सुझाव पेश गरिएको हो । उक्त कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा, सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ), श्रम तथा रोजगार मन्त्री माननीय प्रेमभक्त महर्जन तथा उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रदेश सरकारबाट हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनका सम्वन्धमा गर्नु पर्ने कार्यहरुको बारेमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले प्रकाश पारेका थिए । शाक्यले सार्क हस्तकला विकास केन्द्रको सञ्चालन, प्रदेश हस्तकलाग्राम स्थापना र सञ्चालन हस्तकला नीतिको कार्यान्वयन तथा प्रदेश कला विश्व विद्यालयको स्थापना र सञ्चालनका विषयमा प्रदेश सरकारको सहयोग रहने अपेक्षा गरे ।
उक्त कार्यक्रममा मुख्यमन्त्री र सम्वन्धित विभागिय मन्त्रीहरुले नेपालको मौलिक संस्कृति, सम्पदा र पहिचानसंग जोडिएको हस्तकला उद्योग व्यवसायको विकासमा प्रदेश सरकार संवेदनशील रहेको र महासंघसंग समन्वय गरी हस्तकला विकास सम्वन्धी कार्यहरु अघि बढाउने प्रतिवद्धता जनाए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)


















































































































.jpeg)





































.jpg)





































.jpg)

















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google