काठमाडाैं । दुग्ध विकास संस्थान (डीडीसी) दूधको मूल्य वृद्धि गरेको छ । डीडीसी आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको र बिहीबारदेखि उपभोक्ता मूल्य पनि बढाइएको डीडीसीका महाप्रवन्धक सन्जिव झाले जानकारी दिए ।
उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ ।
त्यस्तै, गाईको दूधको मूल्य ११६ रुपैयाँ र चिया दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।