
काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आह्वान गरेको आवेदनमा १० जनाले निवेदन दिएका छन् । अर्थ मन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबारसम्म पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले आवेदन दिएका छन् । कार्की भर्खरै सीईओको कार्यकाल सकेका व्यक्ति हुन् । उनी फेरि पनि सीईओ बन्न दाबेदार देखिएका छन् । त्यसै गरी आवेदन दिएका बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकका सीईओ हुन् ।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागुन २५ गतेसम्मका लागि आवेदन माग गरेको थियो। सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सदस्यहरू सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल रहेको समिति बनाएको थियो । नेप्सेका तत्कालीन सिईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्से नेतत्वविहीन छ।
मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ। समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ । समग्रमा उम्मेदवारको अंकमा १ सय छ । सोही अंकमा आधार रहेर सिफारिस समितिले उम्मेदवारबाट सीईओ नियुक्तिका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google