
काठमाडौँ । ललितपुरमा १८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा फूल प्रदर्शनी हुने भएको हो ।
आइतबार फ्लोरिकल्चर एसोसिएसन नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनी नेपालको एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी भएको रहेको जानकारी दिएको छ ।
प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने जनाइएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको सो प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित र बिक्री वितरण हुने जनाइएको छ ।
फ्यानले पुष्प व्यवसायको व्यवसायीक बिकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले बि.सं. २०५१ साल देखि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । नेपालीहरुको महान चाड तिहार पर्व नजिकीदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरिएकाे छ ।
बिशेष गरि यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ । यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ। साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने छ ।
यसबर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४५० भन्दा बढि प्रकारको फूल बिरुवाहरु यस मेलामा प्रदर्शीत तथा बिक्री बितरण हुनेछन । यसका साथै यस सिजनमा उपलब्ध हुने वा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूलहरुका साथै आलंकारिक बोट बिरुवाहरुको समेत प्रदर्शनीमा समाबेश तथा बिक्री बितरण हुने छन ।
यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान
गरिने छ ।
साथै फूल तथा बोट बिरुवाहरुमा लाग्ने रोग किराहरु तथा बिरुवाको स्वास्थता प्ररिक्षण सम्बन्धमा जिज्ञसा भएमा सोको समाधानका बालिरोग बिशेषज्ञहरु सहितको टिमद्वारा मेला स्थलमा प्लान्ट क्लिनिक स्टलबाट सेवा उपलब्ध गराईने छ। पाँच दिनसम्म संचालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड ३० लाख भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
साथै फ्यानको आयोजना र लाईन्स क्लब अफ ग्लोवल फ्लोरिकल्चर संगको सहकार्यमा मेला अवधीको तेस्रो दिन २०८२ असोज ३१ गते शुक्रबार, रक्तदान कार्यक्रमको समेत आयोजना गरिने बताइएकाे छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)



















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google