काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीलाई उद्धारको पहल गर्ने बताएका छन । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
विदेशका जेलमा अलपत्र भएका नेपालीको उद्धार सरकारले गर्ने तयारी गरिरहेको भन्दै उनले त्यसका लागि आवश्यक तथ्यांक संकलन हुन थालेको बताए । मन्त्री अर्यालले अब कोही पनि राज्य नभएको जस्तो गरेर विदेशमा अलपत्र नहुने दाबी गरे । देशमा रोजगारीको वातावरण तयार गर्न देशका सातवटै प्रदेशमा रोजगार मेला गर्ने पनि उनले बताए । मन्त्रालयको वेबसाइटमा रोजगार प्राप्त हुने ठेगाना र रोजगारदाताको सम्पर्क नम्बर पनि उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए ।
सो अवसरमा मन्त्री अर्यालले आगामी छ महिनाभित्र टाइम कार्डमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउने पनि बताए । ‘श्रमसम्बन्धी सेवा तोकिएको समयमा पाउनका लागि श्रम टाइम कार्ड लागू गर्ने तयारी भएको छ’ उनले भने, ‘टाइम कार्डमा तोकिएको सेवा दिन नसक्ने कारण भए दिनुपर्छ, झुलाउने काम गर्न पाइएन, त्यसको कारण दिनुपर्छ ।’
श्रम मन्त्रालयमा पाँच वर्ष अगाडि नै श्रमिकका गुनासो लिनका लागि कल सेन्टर स्थापना गरिएको थियो । कल सेन्टरको काम प्रभावकारी नभएका भन्दै आलोचना हुने गरेको छ ।
मन्त्रालयले मंगलबार देखी ‘श्रमाधानः २४ घन्टे श्रम सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ । स्वदेश तथा विदेशमा रहेको श्रमिकले पाउने अप्ठ्यारा, गुनासा समाधानका लागि केन्द्रमा टेलिफोन गरेर टिपाउन सक्ने उनको भनाइ छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google