
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आईपीओ)को १० कित्ते नीति हटाउने तयारी गरेको छ । जसका लागि बोर्डले सोमबार १० कित्ते नीति पुनरावलोकन भन्दै समिति नै बनाएको हाे ।
बोर्डले बनाएको १० कित्ते नीति पुनरावलोकन समितिको संयोजकमा प्रविन कुमार झा रहेका छन् । उनको संयोजकत्वमा समिति बनेको सेबोन स्रोतले जानकारी दिएको छ । त्यस्तै, समितिको सदस्यहरुमा भोलानाथ ढुङ्गाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् ।
सेबोनका अध्यक्ष रमेश हमालले लामो समयदेखि १० कित्ते नीति हटाउने तयारी गरिरहेका थिए । तर, १० कित्ते प्रावधान हटाउने विषयमा व्यापक विरोध भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google