खुमलटारमा नेपाल बैंकको नयाँ शाखा

दर्पण दैनिक २८ बैशाख २०८०,०९:२३
post

काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुर महानगरपालिका–१४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा उद्घाटन गरेका हुन् । समाहरोह नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले, खुमलटार शाखाका शाखा प्रवन्धक जयप्रकाश यादव तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गर्दै खुमलटार शाखा खोलिएको र ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटार लगायत सम्पुर्ण ललितपुर महानगरपालिकाबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राखे।


यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुर महानगरपालिकामा नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको खुमलटार शाखाको आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमङ्ग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको धारणा राखे । बैंकले नेपालभर २२८ शाखाहरु, २०३ एटीएम साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: