अदुवाखेती बढ्दै गए पनि उचित मूल्य नपाउँदा किसान चिन्तित

दर्पण दैनिक १७ माघ २०७९,०८:४१
post

उदयपुर । जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठले आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गरे । 

‘यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन,’ उनले भने ।

कटारी–९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० रुपैयाँ भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताए । 

जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मसिंर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । 

त्रियुगा नगरपालिका–१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, ‘जिल्लाका अदुवा खरिदकर्ताले नै सुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा बिक्री गर्न गाह्रो हुन्छ ।’ उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महंगो मूल्यमा बाहिरका व्यापारीलाई उनीहरुले बिक्री गर्दै आएका छन् । 

जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने गरेको जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ ।

कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने, ‘अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।’
जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयंङु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् । 

उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए ।

जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनले सुनाए । जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो ८० देखि एक सय रुपैयाँ बताउँदै आएका छन् । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: