काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ललितपुर बखुन्डोल स्थित सारंग हेल्थ केयर प्रालिसँग विशेष सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त सम्झाैता गरेकाे हाे ।
साे सम्झौता अन्तर्गत, एनआईएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस विशेष छुट लिनका लागि ग्राहकवर्गहरुले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्टएप मार्फत भुक्तानी गर्नुपर्नेहुन्छ ।
सम्झौता अनुसार, बैंकका ग्राहकवर्गहरुले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google