
काठमाडौँ । सबै यातायात व्यवसायीले सेवा ठप्प गरेपनि सेवा मयुर र साझा यातायातले भने निर्वाद सेवा दिइरहेको छ । काठमाडौँ उपत्यकासहित देशभरको सार्वजनिक यातायात ठप्प पारेर व्यवासयीहरु आन्दोलनमा उत्रिए पनि मयुरले भने काठमाडौँमा सेवा जारी राखेको हो ।
विगतमा अरनिको राजमार्गमा सिन्डिकेट तोडेर चर्चा कमाएको मयुर यातायात र सरकारी स्वामित्वको साझा यातायातले आज सेवा दिइरहेका छ । मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले भने, ‘अहिले साढे ११ बजेसम्म ३० वटा बसले चक्रपथदेखि धुलिखेल सेवा दिइरहेका छन् । १२ बजेपछि ९० वटा बस नै चलाउने तायारी छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google