नेपालगञ्जकी पुष्प व्यापारी बिन्दु चर्तीमगर सम्मानित

रासस २४ असार २०८०,१४:४३
post

बाँके । नेपालगञ्जकी ४३ वर्षीया बिन्दु चर्तीमगर बाँकेको एक सफल पुष्प व्यवसायीका रुपमा चिनिन्छिन् । उनको आफ्नै पुष्प व्यवसाय छ । नेपालगञ्जको चर्को गर्मीमा विगत आठ वर्षदेखि फ्रेस फ्लावरको व्यापार गर्ने उनी एक सफल पुष्प व्यापारी हुन ।  बिन्दुले शुक्रबार सफल पुष्प व्यावसायीका रूपमा ‘इन्टरप्राइजिग ओमन अफ द इएर–२०२३’ अवार्ड प्राप्त गरिन् ।  ‘द बिजनेस एज’ ले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा बाँकेको पुष्प व्यवसायमा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई रु ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको  थियो । 

पुष्प व्यावसायीसँगै बिन्दु समाजसेवी पनि हुुन । सम्मानका लागि न्यू विजनेश उमेन नामक संस्थाबाट फोन आउँदा उहाँ एक स्थानीयवासीलाई सहयोग गर्न गाउँमा गएकी थिइन् । बिन्दुले भनिन्, 'म नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित मनिकापुरमा एक स्थानीयवासीको घर भत्किएकाले सहयोगका लागि त्यहाँ गएकी थिएँ । फोनमा न्यू विजनेश उमेनमा तपाईँको नाम आएको छ यसका लागि एउटा फारम भर्नुपर्छ भनियो र  मैले ईमेलबाटै फारम भरेंँ । दुई हजार जनाले फारम भरेका रहेछन् । तीमध्ये सात जनामा पर्न म पनि सफल भएछु ।' 

काम गरे त्यसको सकारात्मक प्रतिफल अवश्य पाइन्छ भन्ने भनाइ आफ्नो जीवनमा लागू भएको उनले बताइन् । विसं २०३७ मा चितवनको नारायणघाट बेलचोकमा जन्मिएकी बिन्दुले सुरुमा १० कठ्ठा जमिनमा सयपत्री फूल उत्पादन गरेर व्यवसाय सुरु गरेकी थिइन् । अहिले उनले दुई बिघा जमिनमा सयपत्री, मखमली, गोदावरी फूल उत्पादन गर्दै आएकी छिन् । चर्ती फ्लोरामा पाँच  कर्मचारी रहेका र मौसमी फूल हेरचाहका लागि १० देखि ११  कामदारले उत्पादनमा सहयोग गर्दै आएका छन् । 

मासिक रु दुई लाखको लगानीमा ३० प्रतिशतभन्दा माथि नाफा हुने बिन्दुले बताउनुभयो । 'नेपालगञ्जमा मैले फ्रेस फूलको व्यापार गरेदेखि बजार भाउ असाध्यै राम्रो भएको पाएँ । त्यसैले मैले यस्मा लगानी बढाउन  रत्तिभर पनि कन्जुस्याईँ गरिन ।' उनले भनिन् 'मैले मासिक रु दुई लाखभन्दा बेसिकै लगानी गर्दछु र यसबाट रु ६० हजारभन्दा  मुनाफामा हुने गर्दछ ।' भविष्यमा चर्ती फ्लोरालाई चर्ती ब्राण्ड बनाउने र त्यसपछि अन्तराष्ट्रिय बजारमा पुर्याउने  र विषादीरहित फूल उत्पादन गर्ने योजना रहेको पनि बिन्दुले बताइन् । 

विसं २०५९मा बुद्ध चाउनमिन तथा सस उद्योग दर्ता गरी चाउमिन उत्पादन तथा बिक्री गदै आउनुभएकी बिन्दुमा सानैदेखि  फूल मन पराउने स्वभाव भएकोले त्यही स्वभावलाई व्यवसायमा परिणत गरिएको उनको भनाइ थियो  । बजारको मागलाई मध्यनजर गर्दै चर्ती फ्लावर सञ्चालनमा ल्याइएको बिन्दुले बताइन् । उनी बाँकेमा सबैभन्दा बढी पुष्प उत्पादकका रूपमा चिनिन्छिन्, भने चर्ती फ्लोर बाँकेको पहिलो र एकमात्र पुष्प बिक्री केन्द्र हो । 

बिन्दु फ्लोरी कल्चर एशोसियशन (लुफान) प्रदेश नं ५ को उपाध्यक्षसमेत हुन । उनको नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडि चर्ती फ्लोरा नामक पुष्प बिक्री केन्द्र सञ्चालनमा रहेको छ । उक्त केन्द्र विगत आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

बाँकेस्थित महिला उद्यमी सङ्घको कार्यसमिति सदस्य पनि रहेकी बिन्दुलाई सफल पुष्प व्यवसायी बन्न परिवारको ठूलो सहयोग छ । उनले भनिन्, 'म आज जे छु मेरो परिवारकै कारण छु । यदि मैले परिवारको साथ र सहयोग पाउँदिनथेँ भने आज मेरो यो परिचय हुँदैनथ्यो ।' - राससबाट

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
<