सात वर्ष कतारमा बिताएका लोकेन्द्रकाे लाेभलाग्दाे फूलखेती

दर्पण दैनिक १९ श्रावण २०८०,१२:१५
post

दाङ । घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन् । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ । 'फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ',  उनले भने । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उहाँको भनाइ छ । बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए । 

रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोका मगरले दशैँ र तिहारलगायतका पर्व एवं शुभकार्यमा फूलको माग राम्रो देखेपछि फूलखेतीमा होमिएका हुन् । हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै  बिक्री समेत गरिरहेका छन् । 

हजारीका बिरुवा घोराहीसहित तुलसीपुर, लमही, नारायणपुरका साथै कपिलवस्तु र सुर्खेतसम्म पुर्याउछन् । थोकमा एउटा बिरुवाको रु साढे तीन र खुद्रामा रु पाँचका दरले बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले गत तिहारमा मात्रै रु १० लाखको हजारी फूलका माला र फूल बिक्री गरेको बताए । 

दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका उनले  अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएका छन् । 

'काठमाडौँतिर व्यावसायिक फूलखेती भए पनि दाङमा नभएकाले फूलखेती सुरु गरेको हुँ', उनले भने, 'घोराही बजार नजिकै भएकाले बजारको कुनै समस्या छैन ।' पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उनको भनाइ छ । 

अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताए । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: