
सन्तोष दहाल, ललितपुर । ललितपुरको जावलाखेलमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ । आईतवार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा हुन लागेको महोत्सव प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
च्याउ उत्पादक किसान संघ नेपाल आधिकारिक रुपमा दर्ता भएको दिन पौष १५ लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउनका लागि राज्यलाई दवाब दिने अभियान स्वरुप उक्त महोत्सव आयोजना गरिएको च्याउ व्यवसायी तथा संघका सल्लाहकार चित्रराज तिमल्सिनाले बताए । विगतमा बाग्मती प्रदेश सरकारले १५ पौष लाई प्रादेशिक रुपमा च्याउ दिवस घोषणा गरे पनि राष्ट्रिय रुपमा नै यसलाई च्याउ दिवसको रुपमा घोषणा गरिनुपर्ने उनको भनाई छ ।
२०७६ सालमा संघले पौष १५ लाई च्याउ दिवसका रुपमा मनाउन राष्ट्रिय च्याउ जागरण अभियान सञ्चालन गर्ने क्रममा हेटौंडा आईसकेपछी तत्कालीन बाग्मति प्रदेशका कृषिमन्त्री दावादोर्जे लामाले औपचारिक कार्यक्रमकै बीच बाग्मती प्रदेश स्तरीय च्याउ दिवस घोषणा गरेका थिए । संघले च्याउ व्यवसायी, किसानका मुद्दालाई अगाडि बढाउने तथा यसको व्यवसायिकतालाई जोड दिँदै आएको छ ।
आइतबार आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा च्याउका विभिन्न सातवटा परिकार तथा ३० वटा स्टल रहनेछन् । मेला अवलोकनकर्तालाई निस् शुल्क प्रवेश तथा अवलोकनको व्यवस्था गरिएको छ । सबै अवलोकनकर्तालाई च्याउका सबै परिकार निस् शुल्क चखाईने तिमल्सिनाको भनाई छ । साथै उक्त कार्यक्रममा विभिन्न साँगितिक सांस्कृतिक प्रस्तुतिहरु समेत रहनेछन् । मेलामा विभिन्न प्रजातिका च्याउ कसरी बनाईन्छ भन्ने कुराको प्रदर्शनी देखाईने तथा यससम्बन्धी ल्याबहरु कस्ता हुन्छन् भन्ने कुराहरुको समेत प्रदर्शनी रहनेछ ।
मेलामा सभामुख घिमिरे सहित संघीय सरकारका कृषिमन्त्री, प्रदेशका कृषिमन्त्री सहित ललितपुरका सबै स्थानीय तहका प्रमुख उपप्रमुख अतिथी रहनेछन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google