नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बकाे ऋणपत्र निष्काशन गर्दै

दर्पण दैनिक २२ माघ २०८०,१२:३५
post

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र फागुन १ गतेदेखि निष्काशन गर्ने भइको हो । बैंकले प्रतिइकाई १ हजार रूपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्ने जनाएको हो । यसमध्ये बैंकले आफ्नै पहलमा १६ लाख १६ हजार इकाई अन्य संघसंस्थालाई बिक्री गर्ने भएको हो । सर्वसाधारणका लागि बाँकी २४ लाख २४ हजार इकाई खुला हुने बैंकले जनाएको छ। यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ । 


नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको (१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०) जारी गर्न लागेको हो। यसैगरी बिक्री प्रबन्धक प्रभु क्यापिटलले वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ भने उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा फागुन १५ गतेसम्म खुला रहने बैकले जनाएको छ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९