काठमाडौं । नेपालका लागि चिनिया राजदूत छन सोंगले तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भैरहेको बताएका छन । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसँगको भेटमा राजदुत सोंगले सो कुरा बताएका हुन् । उक्त भेटमा महासंघ अध्यक्ष ढकालले नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका थिए ।
पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तराष्टिय विमानस्थलमा सिधा उडान आवश्यक रहेको समेत ढकालले बताए । उनले चिनिया पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न आग्रह गरेको पनि महासंघले जनाएको छ ।
महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न आग्रह गरेको पनि जनाएको छ । यसैगरि नेपालमा चिनिया बैंक आउने सक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतसँगको ध्यानाकर्षण गराए ।
लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । भेटको क्रममा राजदूतसँगले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने वताए । उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको वताए ।
तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो । चीनमा पनि शुरुमा विदेशी लगानीसँग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको वताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने उनले वताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक वन्न सकेको धारणा सोंगले राखेका थिए ।