कट फ्लावर रिटेल व्यवसायीका समस्या, चुनौती र समाधानबारे अन्तरक्रिया

दर्पण दैनिक ६ चैत्र २०७९,२१:२८
post

काठमाडौं । पुष्प व्यवसायीहरुको संस्था फ्लोरिकल्चर एसोसिएसन नेपाल ‘फ्यान’ अन्तर्गतको कट फ्लावर रिटेल सब-कमिटीकाे आयोजनामा कट फ्लावर रिटेल व्यवसायीको समस्या, चुनौती र यसको समाधानबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पुष्प वजारमा देखिएका विद्यमान समस्याहरु बारे विशेष छलफल भएको फ्यानका कार्यसमिति सदस्य तथा कट फ्लावर रिटेल संयोजक तथा कार्यक्रम संयोजक राजु तामाङले बताए । 

पुष्प व्यवसायमा भएको अस्वस्थ प्रतिष्पर्धा तथा पुष्प वितरणमा देखिएको अनियमितताबारे विशेष छलफल भएको उनले बताए । उनले भने, ‘समस्यासँग जुध्न सबैजना एकजुट हुनुको विकल्प छैन्, त्यसकाने लागि सबै व्यवसायीलाई फ्यानमा आवद्ध हुन् अनुरोध गरेका छौं ।’
 

सो छलफल कार्यक्रममा व्यवसाय दर्ता प्रकृयाबारे जानकारी तथा आव्हान गरिएको तामाङले बताए । कार्यक्रममा व्यवसायीको एकता, कम गुणस्तरका पुष्प, मौसमी सरकारी नीतिको विषयमा छलफल भएको थियो । सो क्रममा अनलाईन मार्फत व्यवसाय गर्नेलाई पनि संस्थाको दायरामा ल्याउन छलफल भएको थियो । 

कट फ्लावर रिटेल व्यवसायीको क्षमता अभिवृद्धि गर्नुपर्ने संयोजक तामाङले बताए । उनले भने, ‘व्यवसायीमा तालिमको अभाव तथा व्यवस्थापकीय क्षमताको अभाव छ, यो अभावलाई हटाउन तालिमको वयवस्था गर्ने विषयमा पनि छलफल गरेका छौं ।’

कार्यक्रममा फ्यानका कार्यसमिति सदस्य तथा कट फ्लावर रिटेल संयोजक तथा कार्यक्रम संयोजक राजु तामाङ, फ्लोरिकल्चर एसोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्का, उपाध्यक्ष सिताराम पन्त, महासचिव विश्वमणी पोखरेल,  सचिव हिरामणी शर्मा कोषाध्यक्ष रामबहादुर तामाङ (सूनिल स्याङतान), कार्यसमिति सदश्य दिपेश भट्टराईलगायत व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का बरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्काले फ्यानका गतिविधि तथा संस्थाले सदश्यहरुको लागि गर्ने काम कर्तब्य तथा योजनाहरु बारे जानकारी गराएका थिए । साथै उनले संस्थामा आबद्ध भएर एकजुट हुन आव्हान पनि गरे । उनले यहीं चैत १७ गतेबाट काठमाडौंको भृकुटिमण्डपमा हुन गाइरहेको राष्ट्रिय पुष्प मेलाबारे जानकारी गराए । मेलामा सहभागी हुन समेत आग्रह गरे । 

महासचिव विश्वमणी पोखरेलले संस्थाका गतिविधिबारे जानकारी गराए । उनले व्यवसायीका समस्या समाधान गर्न सरकारसँग पहल गर्ने बताए । उनले भने, ‘व्यवसायीको हक हितको लागि फ्यानले सक्दो पहल गरिरहेको छ, आगामी दिनमा बढाउदै लाने छ ।’ 

कार्यक्रममा फ्यानका सचिव हिरामणी शर्माले बजारका विद्यमान समस्यासँग जुध्न तथा हल गर्न सबै व्यवसायी एकजुट हुनुपर्ने बताए ।  उनले पुष्प व्यवसायको रिटेलमा मात्र समस्या नभइ सबै क्षेत्रमा समस्या रहेको बताउदै अब सुधार गर्दै लानुपर्नेमा जोड दिए । 


कार्यक्रममा फ्यानका कार्यसमिति सदस्य दिपेश भट्टराईले पनि बजारमा देखिएका समस्यालाई समाधान गर्दै एकजुट भई कमिकमजोरिहरु सुधार गरि बजार व्यवस्थित गर्न सके यो व्यवसायबाट मनग्य कमाउन सक्ने बताए । 


 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post