काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ।
सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।
त्यस्तै ९ बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका छन् । ३ बैंक ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन् ।
जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् ।
त्यस्तै रेमिट्यान्स मुद्दतीमा खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
यस्ताे छ, बैंकहरुले व्यक्तिगत मुद्दती खातामा तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
| बैंक | वैशाख | जेठ |
| एभरेस्ट | ७ | ६.५ |
| लक्ष्मी सनराइज | ७ | ७ |
| नबिल | ७.२५ | ६.७५ |
| नेपाल | ६.७५ | ६.७५ |
| इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
| प्रभु | ७ | ७.५ |
| सानिमा | ७.१ | ६.९ |
| सिद्धार्थ | ७.२५ | ७ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| एनएमबी | ७.९७ | ७.८ |
| एनआईसी एसिया | ७.७५ | ७.८ |
| हिमालयन | ७.५ | ७.५ |
| ग्लोबल आईएमई | ७ | ७.५ |
| कुमारी | ७.२६ | ७.२६ |
| माछापुच्छ्रे | ७.२५ | ७.२५ |
| सिटिजन्स बैंक | ७.५ | ७ |
| प्राइम | ७.१ | ७ |
| राष्ट्रिय वाणिज्य | ६.५५ | ६.४ |
| एसबीआई | ६.५३ | ६.३९ |





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
















































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google