
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै डा. वाग्लेले परम्परा धान्न ल्याइएको दस्तावेज भएकाले यसमा धेरै उत्ताउलोपन देखाउन नपर्ने बताए ।
'कर्मकाण्डी नीति तथा कार्यक्रम आएको छ । त्यसैले यसमा धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो लाग्दैन,' उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google