काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी प्रवेश गरेको छ । भिजी इम्पेक्स जिडब्लुएम नेपालले क्रसओभर ओरा–०३ गाडी ल्याएको हो । कम्पनीले बुधबार सो गाडीको बुकिङ खुला गरेको छ ।
कम्पनीले नयाँ विद्युतीय गाडी ओरा–०३ को मूल्य ४७ लाख ४९ हजार रूपैयाँ तोकेको छ । कम्पनीका अनुसार जिडब्लुएम ओरा–०३ एक ग्लोबल मोडल हो जुन यसभन्दा अघि विभिन्न देशहरू चीन, थाइल्यान्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजिल्यान्डमा विभिन्न नामहरूको मोडल जस्तै गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै बिक्री सुरू भइसकेको छ ।
विश्वभर यसका डेढ लाखभन्दा बढी ग्राहकहरू भएको र यसले विभिन्न क्षेत्रका उपभोक्ताबाट प्रशंसा प्राप्त गरेको कम्पनीको दाबी छ । पोर्शकाका भूतपूर्व डिजाइनर इम्यानुल डेरटाद्वारा डिजाइन गरिएको ओरा–०३ क्रसओभर गाडी हो । यसमा आधुनिक सुविधाहरूका साथ रेट्रो लुक भएको कम्पनीको भनाइ छ ।
अगाडि, गोलो फूल एलइडी हेडलाइट, सर्कुलर डे–टाइम रनिङ लाइटहरू यसका डिजाइन विशेषता हुन् । यसका रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहीअनुसार माथि राखिएको छ । यसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशको एकल तेर्सो पट्टी स्ट्रिप बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ओरा–०३ का धेरै विशेषता छन् । जसमा ७ एयरब्याग, एबिएसको साथमा इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम (टिसिएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ,अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा प्रणाली, अष्ट्रेलियन न्यूकार एसेसमेन्ट प्रोग्राम र युरो इनक्याप रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले बताएको छ । यसमा ४७.७८ किलोवाटको ब्याट्री छ । यो एकपटकको चार्जमा ४०० किलोमिटरसम्म कुद्ने कम्पनीको दाबी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google