बढ्यो अन्डाको मूल्य

दर्पण दैनिक ५ कार्तिक २०८१,११:२५
post

काठमाडौं । अन्डाको मूल्य वृद्धि भएको छ । आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ ।

यस्तै ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको संघले जनाएको छ ।  मिडियम साइजको अन्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट रहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: