डिजिटल घर नम्बरप्लेट बनाउन कति खर्च लाग्छ ?

दर्पण दैनिक २६ माघ २०८०,१५:१०
post

काठमाडौं । नेपालभित्रको जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कता हो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास भएको ‘कताहो’ ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ । काठमाडौंमा बुधबार सुरु भएको क्यान इन्फोटेक २०२४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कताहो’ को औपचारिक उद्घाटन गरेकी हुन् । देशको सम्पूर्ण भूभागलाई १५ अर्ब २ करोड हाराहारी प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लट (टुक्रा) का लागि शब्द र अंक मिलाएर एउटा युनिक नाम दिईयो प्रणाली तयार गरिएको साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय राम र लक्ष्मण रिमालले बताए । उनीहरुका अनुसार ‘कताहो’ को सहायताले नेपालको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । राम र लक्ष्मण ग्रुप संलग्न रहेको एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो । 

यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकासतथा समितिबाट राखिएका घरका नम्बर समेत राख्न सकिन्छ । यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमा चिह्न, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाइ छ । यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । यो प्रणाली सबैका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ । 

‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ,’ एड्रेसग्राफ प्रालिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणालीप्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् । 

गाउँ तथा नगरपालिकाहरूले यसको प्रयोग गरेर विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । लगत संकलनमा सबभन्दा पहिलो काम स्थान विशेषको पहिचान हो । त्यो चाहे घरको नम्बर होस्, खेतीयोग्य जमिन होस्, सार्वजनिक स्थान होस्, बाटोघाटो पुलपुलेसा जस्ता स्थिर चिजका लागि हरेकको ठेगाना अक्षांस र देशान्तरको रूपमा राख्न त सकिन्छ तर त्यसरी राख्दा त्यो एउटा अंकको रूपमा मात्र बस्छ । २८० मिटर लम्बाइ तथा २८० मिटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुन्छ । साथै भविष्यमा गरिने हरेक प्रकारका व्यवस्थापनमा यसले अहम् भूमिका खेल्न सक्छ । 

सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने कुरा पनि प्रस्टै देखिन्छ । पालिकाले दैनिक गर्नुपर्ने काम, जस्तैः फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिन्छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी फोहरको परिमाण, सामाजिक सुरक्षाका भत्ता लगायत सूचना तथा जानकारीका प्रमाण राख्न सकिन्छ । 

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कता हो’ कोडको अन्तिम १ शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ । पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ । पालिकासँगको सीमित स्रोत, साधनका कारण कुनै निर्माणस्थलमा अनुमतिभन्दा अधिक स्थान ओगटेर निर्माण भइरहेको वा तोकिएभन्दा कम काम भइरहेको पत्ता लगाउन मुस्किल हुन्छ । ‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत् त्यस्ता क्षेत्रहरू कुनै पनि स्मार्टफोनको सहायताले पहिचान गर्न सकिन्छ । यसले स–साना सेक्टरलाई (३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइ) समेत समेट्न सक्ने भएकाले स्थान पहिचान तथा अनुगमन एकदमै चुस्त दुरुस्त राख्न मदत गर्छ । ताल तलैया, सार्वजनिक वन, पार्क लगायत स्थानको अतिक्रमणरोकथामको लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिन्छ र त्यसको समूह ठेगाना कोडको माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ । घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।  

कताहो बारे थप जानकारी 

‘कताहो’ वेबर मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध छ । एपमार्फत आम सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ ।  ‘कताहो’ एप नेपाल र नेपाल जस्तै ठेगाना पूर्वाधारमा थोरै काम भएका देशका लागि विकासगरिएको हो । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी छ ।

डिजिटल नम्बर प्लेट भनेको के हो ?
डिजिटल नम्बर प्लेट भन्नाले नेपालको सम्पूर्ण क्षेत्रफललाई ३.५ मिटर लम्बाइ र २.८ मिटर चौडाइका १५ अर्ब २ करोड हाराहारीप्लटमा विभाजन गरी हरेक प्लटका लागि शब्द र अंक मिलाएर युनिक नाम (नदोहोरिने नाम) दिइने ठेगाना प्रणाली हो ।

डिजिटल घर नम्बरप्लेट बनाउन कति खर्च लाग्छ ?
डिजिटल घर नम्बर प्लेट बनाई एक अर्कामा सेयर गर्न, बैंक तथा अन्य निकायका केवाइसी फारममा कोड राख्न सर्वसाधारणले कुनै शुल्क तिर्नु पर्दैन । तयार भएको ठेगाना प्लेटलाई आफ्नो घरमा टाँस्नका लागि भने नजिकको प्रिन्टरकहाँ गएर छपाउनुपर्छ । छपाउँदा प्लेट र प्रिन्टको गुणस्तर अनुसारलाग्ने मूल्य तिरे पुग्छ । 


प्लेट बनाएर नटाँसीकन पनि आफ्नो ठेगाना दिन सकिन्छ ?
भौतिक रूपमा घर नम्बर प्लेट नबनाइकन पनि तपाईंले आफ्नो ठेगाना जो कसैलाई दिन सक्नुहुन्छ । त्यसको लागि आफ्नो घरको मुख्य प्रवेशद्वारमा उभिएर ‘कताहो’ एपमार्फत् २ मिनेटमै डिजिटल प्लेट तयार गर्न सकिन्छ । त्यो डिजिटल प्लेटलाई आफन्त, प्रहरी, दमकल, राइड सेयरिङ, सामान डेलिभरी, कुरियर जस्ता सेवा प्रदायकसँग सेयर गरी तुरुन्तै सेवा लिन सकिन्छ । 

हामीले पहिल्यै ठेगाना प्लेट जडान गरिसक्यौं, यसको के काम ?
स्थानीय सरकार वा टोल समाजबाट यहाँले ठेगाना प्लेट जडान गरिसकेको भए पनि पुरानो प्लेटको विवरण योनयाँ डिजिटल प्लेटमा राख्न सकिनछ । ‘कताहो’एपमार्फत् बन्ने प्लेटमा स्थानीय निकायको नाम तथा वडा नम्बर समेत समावेश हुन्छ । ती विवरणलाई क्युआर कोडमा पनि राखिएको हुनाले सेवा प्रवाहका लागि यो कुरा महत्वपूर्ण हुन्छ । त्यस्तै संघीय सरकार र स्थानीय सरकारको पहलमा मेट्रिक तथा अन्य प्रणालीबाट राखिएका ठेगानालाई समेत यस प्रणालीमा समावेश गर्न सकिन्छ । 

घर नम्बरका अलावा यसमा अरु के के सुविधा छन् ?
‘कताहो’ प्रणाली घर ठेगाना प्लेट तयार पार्न मात्र बनेको प्रणाली हैन । यो नेपालको समग्र ठेगानापूर्वाधारको लागि तयार भएको अत्याधुनिक विकास हो । यसले घर, गोठ मात्र नभई सम्पूर्ण जमिनको एक एक भागको ठेगाना तयार गर्न सक्छ । घर नम्बरप्लेट तयार गर्दाक्युआर कोड समेत राखिन्छ । घरमा आइपुगेको व्यक्तिले त्यही क्युआर कोडमार्फत् घन्टी समेत बजाउन सक्छ । त्यही क्युआर कोडमार्फत् फोहर संकलनको जानकारी दिने, सर्भे गर्ने, स्थानीय स्तरको सूचना प्रवाह जस्ता काम छिटो र कम लागतमा गर्न सकिन्छ । 


कताहो कोडमा प्रयोग भएका शब्दहरूको मतलब के हो ? ती शब्दहरू कसरी प्रयोग गरिएको छ ?
ठेगाना भनेको सबैले बोल्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यतामा सामान्य नेपाली नागरिकले बोल्ने नेपाली भाषाका एकदमै सजिला शब्दर अंक मिलाएर यो नयाँ प्रकारको ठेगाना कोड बनाइएको छ । यसमा जम्मा ४०० नेपाली शब्दप्रयोग भएका छन् । यो ठेगाना प्रणालीमा ४ वटा भाग छन्– पहिलो, सेक्टर कोड नम्बरमा (१ देखि २८ वटा), दोस्रो सब–सेक्टरकोड शब्दमा । यसमा ४०० वटा शब्दले आआफ्ना सब सेक्टर जनाउँछन् । तेस्रो, लोकल कोड यसमा पनि सब–सेक्टरका शब्द ४०० वटा रहन्छन् र अन्तिम अर्थात् चौथोमा ४ वटा अंकको घर नम्बर रहन्छन् । हामीले ठेगाना सेयर गर्नुपर्दा अन्तिमको ४ वटा घर नम्बरकोअंक र लोकल कोडको शब्द सेयर गरे पुग्छ ।

एउटा ठेगाना कति आकारको हुन्छ ?
३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइसम्मको सानो आकारमा ‘कताहो’प्रणालीमार्फत् एउटा ठेगाना बनाउन सकिन्छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: