इलाम रोङमा गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

दर्पण दैनिक ५ माघ २०८०,०८:४८
post

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन् । 

रोङ–४ की शारदा अर्याललाई दुई वर्षअघि गुन्द्रुक बिक्छ भन्ने कल्पना नै थिएन । उनलाई लागेको थियो साग त बिक्दैन गुन्द्रुक कसले किन्ला र ! तर कमलाले अहिले व्यावसायिक रूपमा नै साग खेती गरेकी छन् । उनको बारीभरि हरिया साग छन् । गाउँपालिकाले ‘गुन्द्रुक’ ब्रान्डिङ गर्ने कार्यक्रम ल्याएदेखि उनलाई साग खेतीमा आकर्षण भएको हो । 'चिया, आलुले भाउ र घीउछुर्पीले बजार नपाएका बेला गुन्द्रुक बिक्री होला भन्ने त सोच नै थिएन तर हाम्रै गाउँपालिकाले गुन्द्रुकको बजार खोजिदिने भएपछि साग रोप्न थालेँ, आजकाल त साग फलायो, गुन्द्रुक बनायो बेच्यो,' उनले भनिन् ।


गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायत १० देखि १२ प्रकारका कृषि उपजको ब्रान्डिङ गरेर किसानका लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । ‘गुन्द्रुक, र सिस्नोमात्र होइन आगामी वर्षदेखि १०–१२ वटा ‘आइटम’ सुकाएर बजारमा ल्याउने तयारी गर्दैछौँ,' उनले भने, 'भोलि एकजना किसान, एउटा व्यवसायी वा उद्योगीले यो सबै बजार निश्चित गरेर प्लेटफर्म बनाउन गाह्रो हुन्छ तर राज्यले बनाई दिएको प्लेटफर्ममा काम गर्न सजिलो हुन्छ । त्यसैले हाम्रो प्रयास किसानका लागि सहजता प्रदान गर्ने हो ।'


गुन्द्रुकजन्य उत्पादनलाई सुकाएर ‘प्याकेजिङ’ गर्ने प्लान्टमा पालिकाले एक करोड बराबरको लगानी गरेको छ । 'किसानलाई तालिम गरायौँ, लेभलिङ, प्याकेजिङ ब्रान्डिङको प्रक्रियामा केही खर्च गर्‍यौं, करोड बराबरको खर्च भएको छ,' उनले भने । 


गुन्द्रुकमात्र नभएर सिस्नोलाई समेत ब्रान्ड बनाउन सुरु भएको छ । 'कुनै पनि उत्पादनलाई मौसम र समय परिवर्तन गरेर बजारमा निकाल्ने भनेको एउटा शीतभण्डारमा राखेर हो अर्को सुकाएर निकालिने हो,' स्याङबो भन्छन्, 'शीतभण्डार महङ्गो छ । यो तत्काल बिक्री नगरे अखाद्य बन्छ तर सुकाएर निकालिने कुराको चैँ पर्खेर एक–डेढ वर्षमा बिक्री गर्दा पनि सम्भव छ । त्यसकारण हाम्रो भूगोलमा कोलस्टोरभन्दा ‘ड्रायरप्लान्ड’ उपयुक्त हुन्छ ।'

गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ । गुन्द्रुकमा किसानलाई प्रतिकिलो ८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्गलगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ, अध्यक्ष स्याङ्बोले बताए । 

पालिकामा साग उत्पादन बढेको छ । किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा  एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको उनले बताए । सागमा किसानलाई आकर्षित गराउन उत्पादकत्वका विषयमा जानकारी गराउन जरुरी रहेको बताउँदै उनले एक रोपनी क्षेत्रफलमा कुन कृषि उपज कति फल्छ भनेर तुलना गर्ने हो भने साग अत्यन्तै फाइदाजनक खेती भएको बताए । 

'उत्पादनका हिसाबले श्रम, बजार मूल्य सबै हिसाबले साग फाइदाजनक छ । सबै किसानको साग किनिदिने अवस्था छैन, क्रमशः त्यो स्थितिमा हामी पुग्छौँ,' उनले भने । 

पालिकाले १२ प्रकारका उत्पादनलाई सुकाएर बजारमा ल्याउने तयारी गरेको छ । 'एक वडा एक सहकारीमार्फत यसको व्यवस्थापन हुन्छ । प्रोडक्सन ग्रुप सहकारी सदस्य हुनेछ । सदस्यले उत्पादन गरेका कुरा सहकारीले किनिदिने छ र त्यो प्लान्ड सरकारले बनाएर सहकारीलाई ह्यान्डओभर गर्नेछ र त्यहाँ चै उत्पादित वस्तुको प्रशोधन गरेर बजारीकरण गरिन्छ,' उनले भने ।

'बजारमा कपडा किन्न जाने मान्छे राम्रो गुणस्तरको कुन छ भनेर ब्रान्ड खोज्न सुरु भइसक्यो । अब हरेक उपभोक्ताले हरेक उपभोगीय सामानको ब्रान्ड खोज्ने बेला आएको छ । हामीले खानेकुरा पनि ब्रान्डको हुन जरुरी छ । खानेकुरालाई ब्रान्ड बनाएर बिक्री गर्न सकेनौँ भने हाम्रा सबै किसान एक दिन पलायन हुन्छन्,' अध्यक्ष स्याङबोले भने । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: