काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।
३० कित्तासम्म आवेदन दिने सबैले आफूले भरेजत्तिकै सेयर पाएका छन् । १०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजति आईपीओ पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
३० कित्ताभन्दा बढीका लागि आवेदन दिनेहरुले भने गोलाप्रथाबाट थप १० कित्ता आईपीओ पाएका छन् । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर खुला गरेको हो ।