परिवारमा सुख समृद्धि र खुशी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ : परराष्ट्र मन्त्री

दर्पण दैनिक २५ भाद्र २०८०,०८:५५
post

काठमाडौं । परराष्ट्र मन्त्री एनपि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै समृद्धि र खुशी ल्याउने भन्दै यस्ता उद्योगहरुको प्रर्वद्धनमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समिति, ग्लोवल इण्डिया मिशन र  इण्डियन युथ च्याम्वर अफ कमर्श एण्ड इण्डस्ट्रिले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको 'नेपाल भारत अन्तराष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०' को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले भने, 'परिवारमा सुख समृृद्धि र खुशी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाईहरुको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डोर्याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।' उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता उनले औंल्याए । 

'नेपाल र भारतबीच अत्यन्त निकटसम्वन्ध रहेको छ हामी एउटै नदीको पानी पिएर हुर्किन्छौ । हाम्रो सभ्यता र सस्कृति एउटै रहेको छ । दुवै देश बीचको व्यवशायिक सम्वन्धलाई सुदृढ गर्न मेरो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु', उनले भने ।     

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: