काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले ऊर्जाक्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।
इलेक्टिकल इन्जिनियरिङ स्नातकोत्तर हाँसिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जाक्षेत्रको विकासमा क्रियाशील छन् ।
विशेषतः ऊर्जाव्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जानीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार मन्त्रालयमा पदभार समेत ग्रहण गरेका छन् ।