काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्नेछ ।
कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्कासन गरेको हो । सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रति शेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको हो ।
त्यसै गरी निष्कासन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अङ्कित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि प्रतिशेयर अङ्कित मूल्य रु १०० रुपैयाँका दरले छुट्टाइएको छ । त्यसपछि सर्वसाधारण लगानीकर्ताहरूले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन १ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकत्तम २०,००० कित्ताका लागि दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।
कम्पनीको धितो पत्र निष्कासन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)


























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google