काठमाडौँ । आज सुनचाँदीकै मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला १ हजार ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य बढेर सुन आज तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य हिजो तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँ थियो ।
सुनको मूल्य हिजो तोलमा ४०० रुपैयाँ बढेको थियो भने आइतबार ८०० रुपैयाँ बढेको थियो । गएको बिहीबार प्रतितोला ३०० र शुक्रबार २०० रुपैयाँ बढेको थियो । गएकाे बिहीबारदेखि सुनकाे मूल्य लगातार बढ्दै आएकाे छ ।
गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयँ बढेर २ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google