
काठमाडाैँ । ग्लोबल मनी विक २०२५ को अवसरमा कुमारी बैंकले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । बैंकले ग्लोबल मनी विक २०२५ को ‘थिङ्क बिफोर यु फलो, विस मनी टुमोरो’ भन्ने नारालाई आत्मसात् गर्दै देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
पछिल्लो समय डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, फिनफ्लोएन्सर्स (फाइनान्सियल इन्फ्लोएन्सर्स)को प्रभाव र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको छ । यसै सन्दर्भमा बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रममा सहभागीहरूलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिने बैंकले जनाएको छ । यस अभियानले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google