काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६औँ फ्लोरा एक्स्पोमा दोस्रो दिनसम्म ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् भने ५८ लाख रुपैयाँभन्दा बढीको कारोवार भएको छ ।
सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँ भन्दा बढीको कारोवार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ ।
२६औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक संवृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको सो मेलालाई बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गर्दै मेलाको अवलोकन समेत गरेका थिए । अवलोकनपछि पुष्प व्यवसायीसँग कुरा गर्दै आफूले स्मार्ट फार्मिङको लागि बजेट बिनियोजन गर्ने र सो को लागि ठोस प्रस्ताव पेश गर्न अनुरोध गरेका थिए ।
पुष्पले नेपालको अर्थतन्त्रमा ठूलै सहयोग पुर्याउँदै आएको बताउँदै उनले फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने बताए । पुष्प व्यवसायी तथा किसानसँग भएको समस्याको बारेमा पनि आज आफूलाइ अवगत भएको उनले बताए ।
पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिँदै उनले पुष्प क्षेत्रमा चुनौती छ तर त्यसका अवसरहरु पनि धेरै रहेका हुनाले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताए ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेको एसोसिएसनका बरिष्ट उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङ (सुनिल) ले बताए । सोमबार ४ गतेसम्म चल्ने मेलालाई अपेक्षा अनुसार नै अवलोकनकर्ताको भीड रहेका कारण कारोवार पनि एक करोडभन्दा बढी हुने विश्वास लिएको फ्लोरिकल्चर एशोशिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)





























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google