यस्ताे  छ, नवनियुक्त धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठकाे पहिलो प्राथमिकता

दर्पण दैनिक १२ मंसिर २०८१,१५:३३
post

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । खुमलटार, ललितपुरस्थित धितोपत्र बोर्डको कार्यालयमा बुधबार बिहान उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले आफ्नै कार्यकालमा बोर्डको नयाँ भवन निर्माण गरेर कार्यालय सारिने बताए । पहिलो प्राथमिकतामा बोर्डको भवन निर्माण रहेको उनको भनाइ थियो । यस्तै सरकारको निर्देशन र अध्ययन समितिको सुझावका आधारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका विषयमा अगाडि बढ्ने पनि जानकारी उनले दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि उनले आज पदभार ग्रहण गरेका हुन् ।

श्रेष्ठसँग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । उक्त संस्था तत्कालिन नेपाल एक्सप्रेस फाइनान्स कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएपछि  १० दश वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ ।

श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा समेत तीन वर्ष सदस्य रहेर काम गरेका थिए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९