
ललितपुर । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी चापागाउँ शाखाबाट गोदावरी नगरपालिका १३ मा रहेको झरुवारासी स्वास्थ्य चौकीलाई कम्पनीको ९ औँ स्थापना दिवसको अवसरमा दुई थान ह्वीलचियर हस्तान्तरण गरिएको छ । असोज ६ गते मङ्गलबार परेको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गोदावरी १३ का वडाध्यक्ष भाष्कर थापा,स्वास्थ्य चौकी प्रमुख श्रीजना चौँलागाइ, सनलाईफका ललितपुर एरिया प्रमुख भुवन केसी, चापागाउँ शाखा प्रमुख सन्तोष दहाल लगायतको सहभागिता रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रमुख सन्तोष दहालले सन नेपाल लाईफ इन्स्योरेन्स बिमा व्यवसाय, बिमा जागरण सँगसंगै सामाजिक योहदान र उत्तरदायित्त्वको क्षेत्रमा पनि संगसंगै अघि बढिरहेको बताए । यस्तै ललितपुर एरिया प्रमुख भुवन केसीले सन नेपालको बिमा क्षेत्र र सामाजिक क्षेत्रमा अलग्गै पहिचान रहेको भन्दै कम्पनी आईएसओ पाप्त एकमात्र कम्पनी रहेको र विभिन्न समयानुकुल बिमा योजना र थप सुविधाहरु लिएर अघि बढिरहेको बताए ।
वडाध्यक्ष भाष्कर थापाले कैयौँ स्वास्थ्य संस्थाहरुको बीचमा झरुवारासी स्वास्थ्य चौकीलाई छानेर ह्वीलचियर वितरण गरेकोमा सनलाईफ परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि थप सहयोग र सहकार्यको अपेक्षा रहेको बताए । स्वास्थ्य केन्द्र प्रमुख श्रीजना चौलागाइँले स्वास्थ्य केन्द्रको न्युनतम स्वास्थ्य मापदण्डमा ह्वीलचियर पनि रहने भन्दै सहयोग गर्ने संस्थाप्रती आभार व्यक्त गरिन ।
सन नेपाल लाइफले बीमा क्षेत्रमा प्रवेश गरेयता ग्राहकको आवश्यकता, बदलिँदो जीवनशैली र आर्थिक अवस्थालाई केन्द्रमा राख्दै आफ्नो सेवा तथा व्यवसाय विस्तार गर्दै आएको छ। हजारौं बीमितको विश्वास प्राप्त गरेको कम्पनीले देशभर ३४ हजारभन्दा बढी इजाजतपत्र प्राप्त व्यावसायिक अभिकर्ताको सशक्त सञ्जालमार्फत बीमा सेवाको पहुँच विस्तार गरिरहेको छ।
बीमालाई सरल, सहज र पहुँचयोग्य बनाउँदै वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा व्यक्ति र परिवारलाई आफ्नो आर्थिक सुरक्षासम्बन्धी सूचित निर्णय लिन सक्षम बनाउने उद्देश्य कम्पनीले लिएको छ। नवीनता, विश्वास र व्यक्तिगत आवश्यकताअनुकूल सेवाप्रवाहलाई प्राथमिकतामा राख्दै कम्पनीले नेपालका व्यक्ति तथा परिवारलाई थप सुरक्षित र सबल भविष्य निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)

















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google