सुजुकीले ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक, मुल्य कति ?

दर्पण दैनिक २६ फाल्गुन २०७९,१४:३९
post

काठमाडाैं । नेपालका लागि सुजुकी ब्राण्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सीजी होल्डिङअन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र 'ब्रेजा' सार्वजनिक गरेको छ । 

दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै Crafted Futurism Design Language को प्रयोग गरिएको जनाइएको छ।  जसले अरूभन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ ।


सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउने दाबी गरिएको छ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने कम्पनीको भनाइ छ । 

ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी भएको कम्पनीको दाबी छ । 

ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरू पाउन सकिनेछ ।

एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने बताइएको छ। नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका छन्। जुन शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुन्छन् ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।

सीजी होल्डिङका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण नेपालका फरक फरक ड्राइभिङ स्थल भएकाले एसयूभी उचित हुने जनाइएको छ।

साथै ग्राहकले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेका कम्पनीको दाबी छ।

सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेन्टमा गेमचेन्जर हुने दाबी गरिएको छ। 

S.N

 Model

 Variant

 MRP 2079-80

 Intro Offer

1

Grand Vitara Smart Hybrid

Zeta 5MT

        6,399,000

        6,099,000

2

Grand Vitara Smart Hybrid

Alpha 2WD Monotone 5MT

        7,199,000

        6,899,000

3

Grand Vitara Smart Hybrid

Alpha 2WD Dueltone 5MT

        7,229,000

        6,929,000

4

Grand Vitara Smart Hybrid

Alpha 4WD Monotone 5MT

        7,999,000

        7,599,000

5

Grand Vitara Smart Hybrid

Alpha 4WD Dueltone 5MT

        8,029,000

        7,629,000

6

Grand Vitara Strong Hybrid

Zeta+ Monotone e-CVT

        8,399,000

        7,999,000

7

Grand Vitara Strong Hybrid

Zeta+ Dueltone e-CVT

        8,429,000

        8,029,000

8

Grand Vitara Strong Hybrid

Alpha+ Monotone e-CVT

        8,799,000

        8,499,000

9

Grand Vitara Strong Hybrid

Alpha+ Dualtone e-CVT

        8,829,000

        8,529,000

10

Breeza Smart Hybrid

Breeza LXI

        4,499,000

        4,199,000

11

Breeza Smart Hybrid

Breeza VXI

        4,899,000

        4,599,000

12

Breeza Smart Hybrid

Breeza ZXI Mono tone

        5,099,000

        4,799,000

13

Breeza Smart Hybrid

Breeza ZXI Dual tone

        5,129,000

        4,829,000

14

Breeza Smart Hybrid

Breeza ZXI+ Mono tone

        5,599,000

        5,299,000

15

Breeza Smart Hybrid

Breeza ZXI+ Dual tone

        5,629,000

        5,329,000

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९