
काठमाडौँ । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थको रूपमा प्रयोग गर्ने सर्तमा आर्थिक वर्ष २०८२/८३ का लागि यी वस्तुको आयात अनुमति दिने निर्णय गरेको हो ।
मन्त्रालयको निर्णयअनुसार आज नेपाल राजपत्रमा प्रकाशित सूचनामार्फत केराउ, सुपारी र मरिचको आयात खुला गरिएको हो । तर, आयात गरिएका वस्तुहरू उद्योगको आफ्नै उत्पादन प्रक्रियामा कच्चा पदार्थको रूपमा प्रयोग गर्नुपर्नेछ, अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।
सूचनाअनुसार एचएस कोड ०७१३.१०.१० अन्तर्गतको केराउ, ०८०२.८०.०० अन्तर्गतको सुपारी, ०९०४.११.२० अन्तर्गतको सेतो मरिच र ०९०४.११.३० अन्तर्गतको कालो मरिच मात्र आयात गर्न पाइने व्यवस्था गरिएको छ ।
यी वस्तुको आयातमा सम्भावित दुरुपयोग हुन नदिन सरकारले कडा प्रशासनिक प्रक्रिया तय गरेको छ। आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको आवश्यकता, औचित्य तथा मौजुदा कच्चा पदार्थको अवस्थाबारे विस्तृत अध्ययन गर्नेछ । विभागले उद्योगको वास्तविक उत्पादन क्षमता र आवश्यक कच्चा पदार्थको परिमाण यकिन गरेपछि मात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई आयातका लागि सिफारिस गर्नेछ ।
आयात अनुमतिका लागि आवेदन दिने उद्योगहरूलाई नयाँ र सञ्चालनमा रहेका गरी दुई वर्गमा विभाजन गरिएको छ । नयाँ स्थापना भएका उद्योगहरूले उद्योग दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (प्यान) दर्ताको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता विवरण, स्वीकृत स्किमको प्रतिलिपि तथा चालु आर्थिक वर्षको उत्पादन लक्ष्यसम्बन्धी स्वघोषणा पेस गर्नुपर्नेछ ।
त्यसैगरी, विगतदेखि सञ्चालनमा रहेका उद्योगहरूले उद्योग दर्ता तथा कम्पनी अध्यावधिक प्रमाणपत्र, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता र सञ्चालन अवस्थाको विवरण बुझाउनुपर्नेछ । साथै, अघिल्लो आर्थिक वर्षमा आयात गरिएको कच्चा पदार्थको परिमाण, त्यसको प्रयोग अवस्था र बाँकी रहेको मौज्दातको विवरणसमेत खुलाउनुपर्ने प्रावधान राखिएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google