काठमाडौं । पाँच दिनअघि भाउ घटेर उपभोक्ताले राहत पाए पनि अन्डाको भाउ बढेको छ । १९ वैशाखमा घटाएको कुखुराको अन्डाको भाउ नेपाल लेयर्स कुखुरापालक संघले बढाएको हो ।
संघले अन्डाको नयाँ समर्थन मूल्य १९ वैशाख बिहीबार अनुसार मिडियम साइजको प्रतिक्रेट ३ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३ सय ९५ रुपैयाँ तोकेको थियो ।
२४ वैशाख सोमबारबाट मिडियम अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ५०, ठूलो अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ९५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट १५ बढाएर प्रतिक्रेटको ४ सय १० पुगेको छ ।
हप्तैपिच्छे अन्डाको मूल्य थपघट गर्नुमा किसानको लगानी र बजारको अवस्था हेर्नुपर्ने संघ अध्यक्ष पोखरेल बताउँछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google