हिमालयन बैंकले पायाे सिभिललाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

दर्पण दैनिक १६ माघ २०७९,१७:०३
post

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ । यद्यपि सोमबारसम्म सम्बन्धित बैंकले अन्तिम स्वीकृतिको पत्र राष्ट्र बैंकबाट बुझिसकेका छैनन् ।

सञ्चालक समितिको बैठकको निर्णय अनुसार ‘माइन्यूट’ भइसकेकाले सम्बन्धित बैंकले आज र भोलिमा पत्र बुझ्ने राष्ट्र बैंक स्रोतले बताएको छ । हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । यी बैंकले गत असारमा प्राप्ति प्रक्रियाका लागि समझदारी पत्र(एमओयू) हस्ताक्षर गरेका थिए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: