चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

दर्पण दैनिक ५ जेष्ठ २०८३,०६:५१
post

चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला को एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ

कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा सेग्मेन्टकै ठूलो मानिएको ७०००mAh ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । फोनमा मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर राखिएको छ, जसले दैनिक प्रयोगलाई सहज र स्थिर बनाउने बताइएको छ । साथै ४GB र्याम तथा १२GB सम्मको र्याम बुस्ट सुविधाले मल्टिटास्किङ अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ

यसमा ६.८८–इन्चको १२०Hz डिस्प्ले दिइएको छ, जसले स्मूथ तथा आकर्षक भिजुअल अनुभव प्रदान गर्ने बताइएको छ । फोटोग्राफीका लागि ५०MP क्वाड पिक्सेल क्यामेरा समावेश गरिएको छ भने डल्बी एटमस सहितको स्टेरियो स्पिकर्सले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको भनाइ छ। त्यस्तै कोर्निङ गोरिल्ला ग्लास ३ सुरक्षा, आईपी६४ वाटर–रिपेलेन्ट डिजाइन तथा प्यानटोन क्युरेटेड रंगसहितको प्रिमियम भेगन लेदर फिनिसले फोनलाई प्रिमियम लुक प्रदान गरेको छ । मोटो जी०६ पावर को मूल्य नेपाली बजारमा एनपीआर १८,९९९ तोकिएको छ।

त्यसैगरी कम्पनीले मोटो जी५७ पावर लाई नेक्स्ट–लेभल प्रदर्शन र इनोभेसनसहितको स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८GB र्याम र १२८GB स्टोरेज उपलब्ध छ भने र्याम बुस्ट मार्फत २४GB सम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७०००mAh क्षमताको ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ

फोटोग्राफीका लागि मोटो एआई द्वारा सञ्चालित ५०MP सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै ६.७२–इन्च एफएचडी+ १२०Hz डिस्प्ले, डल्बी एटमस सहितको डुअल स्टेरियो स्पिकर्स, हाई–रेज अडियो तथा बास बुस्ट जस्ता फिचरले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ । फोनमा एमआईएल–एसटीडी–८१०एच मिलिटरी–ग्रेड सर्टिफिकेशन तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा ३ वर्षसम्म सेक्युरिटी अपडेट्स उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । मोटो जी५७ पावर को मूल्य एनपीआर ३७,४९९ निर्धारण गरिएको छ

सिजी मोबाईल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट्स तथा पार्टनर स्टोर्स मार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: