नेफ्स्कूनकाे अध्यक्षमा पौड्याललाई पराजित गर्दै ढकाल विजयी, अरु पदमा को को भए निर्वाचित ?

दर्पण दैनिक ९ पुष २०८०,०९:०२
post

काठमाडाैं । नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ (नेफस्कून)को  ३२औं साधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । नेफस्कुनको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी,महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी र कोषाध्यक्षमाः दीपक थापा निर्वाचित भएका छन् ।

त्यसैगरी महिला सन्चालकमा सिता ढकाल पौडेल, मन्दिरा मिश्र, कमला देवी गिरी र कोशी प्रदेश संचालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश संचालकमा शोभा कुमारी राउत, बागमती प्रदेश संचालकमा खेम राज सुबेदी, गण्डकी प्रदेश संचालकमाः गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालकमाः ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालकमा बीर बहादुर भोटे र सुदुरपश्चिम प्रदेश संचालकमा दिप्ती शाही निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ।


त्यसैगरी सञ्चालक खुल्लामा नबराज अर्याल, देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात, र शालिकराम ढकाल निर्वाचित भएका छन् । नेफस्कूनको लेखा सुपरीवेक्षण समिति सम्योजकमा इन्द्रराज ज्योति पौडेल र सदस्यहरुमा हेमराज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: