भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला, नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी २१० स्टल

दर्पण दैनिक १४ मंसिर २०८०,१९:३३
post

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित मेलाको समुद्घाटन सभामुख देवराज घिमिरेले गरे । यो मेला सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजना गरिएको हो ।


निजी क्षेत्रले करिब तीन देशकदेखि स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाइ भइरहेको छ । मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी २१० स्टलमार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

सभामुख घिमिरेले निजी क्षेत्रले वर्षौंदेखि उठाइरहेको प्रदर्शनीस्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफ्ना तर्फबाट पहल गर्ने दाबी गरे । उच्चस्तरीय प्रदर्शनीस्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्टरुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघले जनाएको छ । स्तरीय प्रदर्शनी स्थलको अभावको विषयलाई महासंघले राखे सभामुख घिमिरेले उक्त प्रतिबद्धता गरेका हुन् । उद्योग सचिव मुकुन्दप्रसाद निरौलाले प्रदर्शनीस्थल निर्माणको कार्यलाई तत्काल अगाडि बढाइने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधले स्तरीय प्रदर्शनीस्थल निर्माणका लागि वर्षौंदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा दुःखेसो गरे । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरदविक्रम राणाले अन्तर्राष्ट्रिय व्यापार मेलामा व्यापार प्रवर्द्धन केन्द्रले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रदर्शनीस्थल निर्माणलाई सरकारले मुख्य एजेण्डामा राखेर सहयोग गर्नुपर्नेमा उनको जोड छ । उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुुस्तता छाएको अवस्थामा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भए पनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुुग्ने विश्वास महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: