माघका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

दर्पण दैनिक २९ पुष २०८१,१२:४०
post

काठमाडौं । वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि माघ १ गतेदेखि लागू हुने यो नयाँ दरमा अधिकांश बैंकहरुले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले पुस महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।

दुई बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.५१ प्रतिशत र संस्थागत खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यो अघिल्लो महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५७ बाट घटेको हो भने संस्थागत खातामा ३.२५ मै कायम रहेको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा ५.५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यता, लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएको छ । बैंकले माघ महिनाका लागि व्यक्तिगत खातामा ५.७५ र संस्थागत खातामा ४.५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकको यो पुस महिनाको तुलनामा व्यक्तिगत खातामा ५.५ प्रतिशतबाट बढेको हो भने संस्थागत खातामा ४.५ प्रतिशत नै कायम रहेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post