सुध्रियो नेपालको वित्तीय समावेशीकरण सूचकांक

दर्पण दैनिक २० माघ २०८२,१२:४४
post

काठमाडौं । नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय समावेशीकरण सूचकांक’ सम्बन्धी प्रतिवेदनमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा सुधार देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । आर्थिक वर्ष २०२३/२४ मा यस्तो सूचकांक ०.४७ मात्रै रहेकोमा एक वर्षमा उल्लेख्य सुधार भएको हो ।

नेपालमा वित्तीय समावेशीकरणको स्तर र प्रगतिको विस्तृत मूल्यांकन प्रदान गर्ने उक्त प्रतिवेदनले वित्तीय समावेशीकरण सूचकांकमा सुधार भएको देखाएको छ । वित्तीय समावेशीकरण सूचकांकको गणना मानव विकास सूचकांकको गणना विधि जस्तै हुने राष्ट्र बैंकले जनाएको छ । जसमा मानहरू ० देखि १ को स्केलमा मापन गरिन्छ। यसमा उच्च अंकले उच्च वित्तीय समावेशीकरणलाई जनाउँछ। यो सूचकांक तीनवटा आयामहरूमा आधारित ५५ वटा विभिन्न सूचकहरू प्रयोग गरेर तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

पहुँचका १५ सूचक, प्रयोगका १५ सूचक र गुणस्तरका २५ सूचकहरू समावेश गरी प्रतिवेदन तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ । सूचकांकको प्रत्येक आयामको विशिष्ट भार निर्धारण गरिएको छ । पहुँचलाई ३५ प्रतिशत, प्रयोगलाई ४५ प्रतिशत र गुणस्तरलाई २० प्रतिशत भार दिइएको छ ।

आर्थिक वर्ष २०२४/२५ मा, समग्र वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको हो । जसले वित्तीय सेवामा पहुँच, तिनको प्रयोग र सेवाको गुणस्तरमा भएको क्रमिक र बृहत् सुधारलाई प्रतिविम्बित गर्ने प्रतिवेदनमा उल्लेख छ ।

सूचकांकका तीनवटै आयामहरूमा उत्साहजनक सुधार देखिएको छ । पहुँच सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ । जसले देशभरि वित्तीय संस्थाहरू, सेवा केन्द्रहरू र डिजिटल प्रवाह च्यानलहरूको निरन्तर विस्तार भएको संकेत गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रयोग सूचकांक ०.४९ बाट बढेर ०.५४ पुगेको छ । जसले बैंकिङ, डिजिटल भुक्तानी, बिमा र अन्य वित्तीय सेवाहरूमा व्यक्ति र परिवारहरूको बढ्दो संलग्नतालाई झल्काउँछ ।

गुणस्तर सूचकांकमा उच्च सुधार भएको छ । एक वर्षमा गुणस्तर सूचकांक ०.४१ बाट बढेर ०.५० पुगेको छ । जसले वित्तीय साक्षरतामा भएको अर्थपूर्ण उपलब्धि, सुदृढ ग्राहक संरक्षण संयन्त्र, वृद्धि भएको पारदर्शिता र समग्र ग्राहक अनुभवमा आएको सुधारलाई देखाउने प्रतिवेदनमा उल्लेख छ ।

यी नतिजाहरूले राष्ट्र बैंक र अन्य सरोकारवालाहरूबाट भएका नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन र नियामक उपायहरूको सकारात्मक प्रभावलाई उजागर गर्छ । वित्तीय समावेशीकरणको यो सुधारले मुलुकको समावेशी आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय समावेशीकरण सूचकांकमा प्रगति उल्लेख्य भए तापनि नेपालमा वित्तीय समावेशीकरणलाई अझ सुदृढ गर्न र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन डिजिटल पूर्वाधारलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको औंल्याएको छ । वित्तीय साक्षरता प्रवर्द्धन गर्ने र समावेशी एवं ग्राहक–केन्द्रित वित्तीय सेवाहरू सुनिश्चित गर्ने प्रयासहरू आवश्यक रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: