
काठमाडौँ । उद्योगी व्यवसायीहरूले नेपालमा स्टार्टअप तथा इनोभेसन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौँमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठकले नवप्रवर्तनमैत्री नीतिमा जोड दिएको हो ।
बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताउँदै निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा जोड दिए । उनले स्टार्टअपहरूलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिए ।
साथै उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवाहरूलाई अझ प्रभावकारी बनाइँदै लैजानुपर्नेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेसन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानीसम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे ।
उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन् । कोषाध्यक्ष भरतराज आचार्यले महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै यसको विकासका लागि संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताए ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टअप तथा इनोभेसनका क्षेत्रमा नीतिगत सुधारहरू भएको उल्लेख गर्दै उद्यम विकासका सरकारी कार्यक्रमहरू निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने बताए ।
फोरमका सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टअप शोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी–लगानीकर्ता प्लेटफर्म सुदृढ गर्दै जानुपर्नेमा जोड दिएका थिए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)





































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google