काठमाडौं । जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले नेपालमा विद्युतीय क्रसओभर ओरा–०३ को बिक्री वितरण सुरु गरेको छ । जीडब्लूएमले ओरा ०३ को लागि जेठ ३ मा बुकिङ खुला गरेको थियो । ‘बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ’ भीजी इम्पेक्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरजस्ता आधुनिक सुविधासहित यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकले मन पराइरहेको कम्पनीले जनाएको छ ।
ओरा ०३ मा ४८ किलोवाट ब्याट्रीको साथ ४०० किलोमिटर एनईडीसी प्रभावशाली ड्राइभिङ रेन्ज छ । ‘ओरा ०३ देशका थोरै विद्युतीय सवारीसाधनमध्ये एक हो जसले एएनक्याप र यूरोएनक्याप दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ‘ओरा ३ मा सिक्स ओमनिडायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुरक्षा सुविधा छन् ।’