म्युजिक भिडियो ‘लाली’मा इभा गिरी

दर्पण दैनिक ३१ श्रावण २०८३,११:४३
post

काठमाडौँ । क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो । यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता चर्चित ट्र्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक भने डान्स र पार्टी फ्लेभरको गीत ‘लाली’ पस्किएका हुन् ।

गीतमा प्रेम, युवापुस्ताको आकर्षण र ‘नाइटलाइफ’लाई रोचक ढंगले प्रस्तुत गरिएको छ। क्याची कोरस र ऊर्जावान् बीट रहेको यस ट्र्याकमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीतमा गायिका सेरेनले स्वरमा साथ दिएकी छन्, भने संगीत संयोजन (बीट प्रोडक्सन) Lay Zy ले गरेका हुन् ।

‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार पारिएको यस ट्र्याकमा निर्वाणको मेलोडिक हिपहप र कुशको इनर्जेटिक र्‍याप शैलीको सुन्दर मिश्रण सुन्न सकिन्छ ।

हरि हुमागाईंको निर्देशनमा तयार पारिएको भिडियोमा जेस्टीको कोरियोग्राफी तथा मोडल इभा गिरीको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन (डीओपी) र भिजुअल सम्पादन स्वयं निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंले सिनेमाटोग्राफी सम्हालेका छन् । प्रबिन मानन्धरले भिडियोको कलरिङ र सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

सात समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतलाई निरन्तरता दिइरहेका निर्वाण र कुशको यो प्रयासलाई प्रवासबाटै नेपाली सुगम संगीत र र्‍याप विधामा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ । डिजिटल प्लेटफर्म तथा टिकटक/रिल्सलाई लक्षित गरी तयार पारिएको यो गीतले युवापुस्ताको मन जित्ने अपेक्षा गरिएको छ ।

भिडियो लिंक: https://youtu.be/PM48ANfjSPk?si=6OKciwzkjQ6X4StK

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: