काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छन् । ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने उनले बताएकी छन् । पुस्तकालयमा अहिलेसम्म आफ्नो घरमा संकलित पुस्तक राख्ने जानकारी दिँदै उनले थप पुस्तकका लागि सहयोगको अपिल गरेकी छन् ।
‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरीबाट सुरु गरौँ कि’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘केही किताब छन् घरमा जुन विनोदजी (श्रीमान्) र मैले पढ्ने क्रममा बटुलेका थियौँ, हजुरहरूसँग केही राम्रा किताबहरू छन् भने उपहारस्वरूप दिनुहोस् ।’