काठमाडौं । ‘चर्को लाग्यो घाम’ गीतको चर्चा सेलाउन नपाउदै यज्ञ सापकोटा र टंक डुम्रेले नयाँ गीत ‘घर झगडा भाग ५’ र ‘घर झगडा भाग ६’ सार्वजनिक गरेका छन् । यी गीतहरु अकलादेवी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
‘घर झगडा भाग ६’ मा पशुपति शर्मा, सम्झना भण्डारी, यज्ञ सापकोटा, पुजा देवकोटा, सुन्दर परियार र शितल कल्पनाको स्वर रहेको छ । शब्द तथा लय टंक डुम्रे र संगीत यज्ञ सापकोटाको रहेको छ, भने एरेन्ज विश्वास नेपालको रहेको छ ।
मदन खड्काले निर्देशन गरेको भिडियोमा हास्यकलाकार सुरबिर पण्डित, अंशु थापा, यज्ञ सापकोटा, टंक डुम्रे, प्रभा नाथ र शिखा थापाको अभिनय रहेको छ ।